News Portal

  • ३ जना संस्थापकले बिक्रीमा राखे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८१
    १० पटक
    १४ माघ, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

    बैंकका अनुसार ३ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।

    यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्