काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारि गर्दै ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर विक्री गर्ने जनाएको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर विक्री गर्न लागेको हाे । शिलबन्दी बोलपत्रद्वारा सेयर विक्री गर्न लागिएको हो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०७ रुपैयाँ तोकिएको छ ।
इच्छुक संस्थापक सेयरधनीले माघ १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बोलपत्र आवेदन फाराम प्रभु क्यापिटल, कमलादीमा पाइने र फारम पनि सोहि क्यापिटलमा बुझाउनु पर्नेछ । फारामको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
सेयर खरिदका लागि सम्पूर्ण ५ लाख ५ हजार १८६ कित्ताकै आवेदन दिनुपर्ने शर्त राखिएको छ । सबैभन्दा बढी दरभाउमा खरिद माग गर्ने आवेदकलाई सेयर विक्री गर्ने बैंकले स्पष्ट पारेको छ ।
प्राप्त आवेदहरु माघ २१ गते बिहान ११ बजे खोलिने जनाइएको छ । यदि त्यस दिन सार्वजनिक विद परेको अवस्थामा त्यसपछि कार्यालय खुलेको दिनमा आवेदन खोलिने जनाइएको छ ।