News Portal

  • ज्योति विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

    आर्थीकसंसार संवाददाता८ माघ, २०८१
    ४३५ पटक
    ८ माघ, २०८१

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा सच्चाएको छ।

    बैंकले सोमबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो। तर, त्यसमा एउटा सूचकमा त्रुटि भएपछि बैंकले आज एक सूचना प्रकाशित गर्दै सच्चाएको हो।

    हिजो प्रकाशित वित्तीय विवरणमा दोस्रो त्रैमासम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.३८ रुपैयाँ रहेको उल्लेख थियो। तर, आज बैंकले ईपीएस ११.३८ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएको भन्दै सूचना जारी गरेको छ।

    चालु आर्थिक वर्षको पुससम्म बैंकले २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १४७.५७ प्रतिशतले बढेको छ।

    प्रतिकृया दिनुहोस्