News Portal

  • दिगो बैकिङमा सिटिजन्स बैंक, व्यवसाय विस्तारसँगै खराव कर्जामा सुधार

    आर्थीकसंसार संवाददाता८ माघ, २०८१
    १४ पटक
    ८ माघ, २०८१

    काठमाडौैं । सिटिजन्स बैंकले दिगो बैकिङमा जोड दिदै व्यवसाय विस्तारमा जोड दिएको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्म वित्तीय विवरण अनुसार विगत ६ महिनामा सिटिजन्स बैंकले कर्जा लगानी करिव ६ प्रतिशतले वृद्धि गरेको छ । असार मसान्तसम्ममा कर्जा १ खर्ब ५७ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा पुस मसान्तमा ९ अर्ब १४ करोडले वृद्धि गर्दै १ खर्ब ६६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह उच्च दरले बढेको देखिएको छ ।

    चालु आर्थिक वर्षको प्रथम ६ महिनामा सिटिजन्स बैंकको निक्षेप वृद्धि ३.१० प्रतिशत रहेको छ । बैंकले यस अवधिमा ५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप वृद्धि गरी १ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ । चालु वर्षमा बैंकहरुले निक्षेप आकर्षित गर्ने काम गरेका छैनन । बैकिङ क्षेत्रमा निक्षेपको व्याजदर निरन्तर घट्दै गएको छ ।

    कर्जा र निक्षेपमा भएको वृद्धिसँगै बैंकको व्याज आम्दानी वृद्धि भएको छ । २०८० पुस मसान्तमा बैंकको व्याज आम्दानी २ अर्ब ८४ करोड थियो भने २०८१ पुस मसान्तसम्ममा व्याज आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ भएको छ । गत वर्षको तुलनामा बैंकको व्याज आम्दानी ८.२७ प्रतिशतले बढेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको शुल्क तथा कमिशन आम्दानी १५.२६ प्रतिशतले वृद्धि भई ६४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट ट्रेडिङ आम्दानी ११९ प्रतिशतले र अन्य सञ्चालन आम्दानी १७७ प्रतिशतले वृद्धि भएकोछ ।

    बैंकले पुस मसान्तसम्ममा सेयरधनीलाई वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा बैंक २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो ।

    बैंकको खराव कर्जा ४ दशमलव ८५ प्रतिशत छ जुन गत असोज मसान्तको तुलनामा केही सुधार भएको हो । गत असोज मसान्तमा खराव कर्जा ५.४१ प्रतिशत थियो । पुस मसान्तमा बैंकको बसे रेट ७.३ प्रतिशत छ । बैंकको बेसरेट घट्दा कर्जाको व्याज पनि कम हुन्छ र ऋणीलाई राहात हुन्छ ।
    बैंकको पुँजी प्रर्याप्तता अनुपात १२.८७ रहेको छ भने प्राथमिक पुँजी अनुपात ९.०३ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड छ भने रिर्जभसहितको पुँजी कोष २२ अर्ब १२ करोड रुपैयाँको भएको छ ।

    प्रतिकृया दिनुहोस्