News Portal

  • एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७७
    ७६६ पटक
    २९ साउन, २०७७

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथो त्रैमाससम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४ दशमलव १७ प्रतिशतले बढेको छ ।
    त्यस्तै, कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ । कम्पनीले ५ हजार ४६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।
    समीक्षा अवधिमा कम्पनीले २० करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोही अवधिमा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ३४ प्रतिशतले बढेको छ ।
    कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ८९ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ सय ३९ रुपैयाँ १ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्