काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले पुँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् । आज अर्थमन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।
अर्थमन्त्री पौडेलले कार्यक्रममा सम्बोधन गर्दै, ‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुपर्ने’, आग्रह गरे । अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न थप निर्देशन दिएका थिए । साथै पुँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । मन्त्री पौडेलले ऐन, नियममा सुधार गर्नु पर्ने भए, सुधारको लागि तयारी गर्न पनि निर्देशन दिए ।
बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायत विभिन्न निकायको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
ब्रोकर कमिसन घटाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन
आर्थीकसंसार संवाददाता३ पुस, २०७७
३ पुस, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने