News Portal

  • आशा लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

    आर्थीकसंसार संवाददाता३ पुस, २०७७
    २४९६ पटक
    ३ पुस, २०७७

    काठमाडौं । आशा लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । राष्ट्र बैंकले कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
    भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो ।
    जसलाई राष्ट्र बैंकले पुस २ गते मात्र स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । यससँगै उक्त लाभांशलाई लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल संस्थाको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्