News Portal

  • सिद्धार्थ बैंकद्वारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता३ पुस, २०७७
    १८९७ पटक
    ३ पुस, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १०० शैय्याको अस्पताल बनाउन विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई पुस २ गते बिहीबार हस्तान्तरण गरे ।
    बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्तान्तरण गरिएको उक्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं. १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैय्याको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पुर्याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्