काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअंतर्गत बागमती प्रदेश, भक्तपुुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयमसेवकहरुलाई यस जाडोयाममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
सोही कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका हुन् ।
नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका सदस्य बिजेन्द्र ध्वजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष कृष्णकुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेलाबेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
सांग्रिला बैंकद्वारा नेपाल स्काउटलाई ज्याकेट हस्तान्तरण
आर्थीकसंसार संवाददाता२ पुस, २०७७
२ पुस, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान