News Portal

  • नेपाल बैंकले रत्ननगरका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता२ पुस, २०७७
    १५०६ पटक
    २ पुस, २०७७

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक एवम् चितवन जिल्लास्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । रत्ननगर नगरपालिका एवम् नेपाल बैंकबीच ‘नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।
    सो सम्झौतापत्रमा नेपाल वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनबाट हस्ताक्षर भएको हो । सो नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवद्र्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवम् नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि–२०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो ।
    बैंकले हाल २०३ वटा शाखाहरु, १३२ बटा एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाइरहेको छ ।

    प्रतिकृया दिनुहोस्