News Portal

  • सिटिजन्स बैंकको मुनाफा १ अर्ब ११ करोड

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७७
    ८५५ पटक
    २९ साउन, २०७७

    काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा २३.७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफासँगै वितरण योग्य नाफा पनि घटेको छ । आर्थिक वर्षको सोही अवधिमा १ अर्ब बढी रहेको बैंकको वितरण योग्य मुनाफा गत असार मसान्तसम्ममा जम्मा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
    हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने सेयरधनी कोषमा घटेर ८७ करोड ७४ लाख रुपैयाँमा सीमित छ ।
    समीक्षा अवधिमा ८८ अर्ब ५१ करोड रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
    गत असार मसान्तमा बैंकको प्रतिसेयर आम्दानी घटेर १२.९२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो । त्यस्तै, हाल बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्