News Portal

  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्रिस्टल डायग्नोस्टिकमा ३० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१९ पुष, २०८१
    ११ पटक
    १९ पुष, २०८१

    काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकका ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र केसीले हस्ताक्षर गरे।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने जनरल प्याथोलोजी टेस्ट, मोलिकुलर टेस्ट, आउटसोर्सिङ टेस्ट, यूएसजी, इको, इसीजी, एक्स-रे, पीएफटी, इन्डोस्कोपी र कोलोनोस्कोपी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्