News Portal

  • माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२ पुस, २०७७
    १४१३ पटक
    २ पुस, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना चयन गरेको छ । बैंकद्वारा प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित भएको छ । आज पुस २ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरी कुल १०.४ प्रतिशत लाभांश पारित गरेको हो । साथै, सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, बैंकले आजैको मिति पुस २ गतेबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।
    त्यस्तै, सभाले माछापुच्छ्रे बैंक सर्वसाधारण सेयरधनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
    बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
    बैंकले आफ्ना १६० वटा शाखाहरुलगायत १४१ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरेको छ । साथै, बैंकले देशभर २०० वटा एटीएमहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्