News Portal

  • १ लाख १४ हजार ऋणीलाई २५.५५ अर्ब रुपैयाँ ब्याज अनुदान, बिना धितो साढे २ अर्ब

    आर्थीकसंसार संवाददाता१० पुष, २०८१
    १३ पटक
    १० पुष, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक महिनासम्म साढे २५ अर्बभन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ खर्च गरेको हो । उक्त रकम ऋणीलाई ब्याज अनुदानमा प्रदान गरिएको हो ।

    ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत १० प्रकारका कर्जा लिन सकिने व्यवस्था गरेको छ । सोहीअनुसार गत भदौमा २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ सहुलियत कर्जामा ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, बिना धितो, धितोसहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्र्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम, युवा वर्ग स्वरोजगार कर्जा लगायत १० वटा शिर्षकमा दिइने कर्जामा ब्याज अनुदान दिने गरेको छ ।

    गत कात्तिक मसान्तसम्ममा १ लाख १४ हजार ८९९ जना ऋणीलाई १ खर्ब ७५ अर्ब ८४ करोड ५५ लाख ५४ हजार रुपैयाँ कर्जा स्वीकृत गरेको छ । जसमा वाणिज्य बैंकहरूले ९७ हजार ८७७ ऋणीलाई १ खर्ब ५० अर्ब ३ करोड २१ लाख रुपैयाँ, विकास बैंकहरूले १५ हजार ३८३ ऋणीलाई २३ अर्ब ४ करोड २४ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुले १ हजार ५७८ ऋणीलाई २ अर्ब ७१ करोड ८ लाख रुपैयाँ र लघुवित्त संस्थाहरूले ६१ ऋणीलाई ६ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् ।

    राष्ट्र बैंकका अनुसार ४३ हजार ६९१ ऋणीलाई १ खर्ब २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबरको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा स्वीकृत गरेको छ ।

    यस्तै, बिना धितो २ हजार ७१४ ऋणीलाई २ अर्ब ६० करोड ८९ लाख रुपैयाँ, धितोसहितको ४० हजार ९७७ ऋणीलाई ९९ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा ९५ ऋणीलाई ४ करोड ८२ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, विदेशबाट फर्केका युवा परियोजना कर्जा ६८० ऋणीलाई ५५ करोड ६४ लाख रुपैयाँ, महिला उद्यमशील कर्जा ६९ हजार ३३६ ऋणीलाई ७१ अर्ब ८ करोड रुपैयाँ, दलित समुदाय व्यवसाय विकास कर्जा ७७९ ऋणीलाई ५५ करोड ८६ लाख रुपैयाँ कर्जा स्वीकृत गरिएको छ ।

    यस्तै, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ८७ ऋणीलाई ३ करोड ६ लाख रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा ६७ ऋणीलाई १ करोड ७७ लाख ५६ हजार रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि १०१ ऋणीलाई १ अर्ब २० करोड ५८ लाख रुपैयाँ, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ ऋणीलाई ४ लाख रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा ६१ ऋणीलाई १ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस्