आर्थीकसंसार संवाददाता७ पुष, २०८१
७ पुष, २०८१काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते सोमबार, ३० औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुने जनाइएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।