News Portal

  • मेगा बैंकद्वारा उपत्यकाको तीन ठाउँमा एक्सटेन्सन काउन्टर विस्तार

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    १८८७ पटक
    १ पुस, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
    काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिनदेखि सञ्चालनमा आएका छन् ।
    एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

    प्रतिकृया दिनुहोस्