आर्थीकसंसार संवाददाता५ पुष, २०८१
५ पुष, २०८१काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।