काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १० दशलमव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश शेयर र ७ दशलमव ५३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर प्रयोजन समेतका लागि) लाभांश घोषणा गरेको हो । सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।