काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ । त्यस्तै २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८ सय ४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा आज थप ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाथ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना संक्रमण
आर्थीकसंसार संवाददाता१ पुस, २०७७
१ पुस, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान