News Portal

  • इ-सेवा र भाइबरबीच वित्तीय सेवा प्रदानको लागि सम्झौता

    आर्थीकसंसार संवाददाता१ पुस २०७७
    २३७० पटक
    १ पुस २०७७

    काठमाडौं । इ-सेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।
    यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इ-सेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलोपटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
    भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इ-सेवाका सिओओ रोशन लामिछानेले भने ‘विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौं । यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभूति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडि बढाउन ठुलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौं’ ।
    यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले ‘हामीले सधैं भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौं । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदानप्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौं । यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं ।’
    भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम १ सयसम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।
    नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन/प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्त सुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो ।

    प्रतिकृया दिनुहोस्