News Portal

  • एनएमबि बैंकको पुँजी २१.३६ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर पारित गर्न डाक्यो सभा

    आर्थीकसंसार संवाददाता२ पुष, २०८१
    ७ पटक
    २ पुष, २०८१

    काठमाडौं । अग्राधिकार सेयर पारित गर्न एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।

    बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब रुपैयाँको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारीपश्चात् बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई २५ अर्ब रुपैयाँ पुर्याउने, जारी तथा चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँलाई वृद्धि गरेर २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुरÞ्याउने प्रस्ताव पारित गर्नेछ ।

    बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ ।

    आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समिति र २. लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ । (हालका लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स पुनः नियुक्त हुनका लागि योग्य रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्