आर्थीकसंसार संवाददाता१ पुष, २०८१
१ पुष, २०८१काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश सेयर (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।