News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०८१
    १८ पटक
    २६ मंसिर, २०८१

    काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा कम्पनीहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ ती संस्था तथा कम्पनीसँग सम्झौता गरेको छ ।

    उक्त सम्झौता अनुसार यस विकास बैंकका ग्राहक तथा कर्मचारीका लागि लाभदायि बन्ने अपेक्षा गरिएको छ । नयाँ सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बताइएको छ ।

    महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीले छुट पाउने विभिन्न कम्पनी तथा संस्थाहरु यसप्रकार रहेका छन् :

    १ काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपालप्रा.लि.) टावर प्रवेशमा १५ प्रतिशत छुट
    २ काठमाडौंको विशालनगरस्थित चेरिस गु्पको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट
    ३ ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिद गर्दा १० प्रतिशत छुट
    ४ ललितपुरको भैंसेपाटीस्थित मलाला युनिसेक्स सैलुनमा ब्युटिसियन सेवामा १० प्रतिशत छुट

    यस्तो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

    बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ पनि सञ्चालनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्