News Portal

  • एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
    १२०४ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।
    दक्षिण कोरियामा बस्दै आएका नेपाली ग्राहकहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्नसक्ने बैंकले जनाएको छ । उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजारभन्दा बढी रेमिट्यान्ट एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउनसमेत सकिने व्यवस्था रहेको छ ।
    कोरियामा बसोबास गर्दै आएका नेपाली ग्राहकहरूले सेन्टबी रेमिटको वेबसाइट सेन्टबीडटकम तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्