News Portal

  • लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०८१
    ३४५ पटक
    १९ मंसिर, २०८१

    काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनीलाई ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ।

    कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए। उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन पनि दिए।

    कम्पनीको आर्थिक वर्ष २०७१।७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुन सकेको छैन।

    बैठकमा अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ। बैठकमा महालेखापरीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय र राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीको उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस्