News Portal

  • प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८१
    २८ पटक
    ७ मंसिर, २०८१

    काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कूल (पीजीएस)ले नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपीएलसँग साझेदारी गरेको छ ।

    नेपाल क्रिकेट संघका सचिव पारस खड्का र पीजीएसका अध्यक्ष लक्ष्मण केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    पीजीएसले बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

    यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको पीजीएसले जनाएकाे छ ।

    पीजीएस र एनपीएल एकसाथ मिलेर नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहकार्य गर्दै नयाँ उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको जानकारी गराइएको छ ।

    पीजीएसले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिंग र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।

    एनपीएलले नेपाली क्रिकेटलाई अर्को उचाइमा पुर्‍याउने विश्वास पीजीएसले लिएको छ ।

    प्रतिकृया दिनुहोस्