News Portal

  • गरिमा विकास बैंकको आयोजनामा सर्वाधिक धनराशीको रोड रेस कम्पिटिसन २०८१ सम्पन्न

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८१
    १० पटक
    ७ मंसिर, २०८१

    काठमाडौं । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले रोड रेस कम्पिटिसज २०८१ ऋायोजना गरेको छ । बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको हो ।

    प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरेको उक्त प्रतिस्पर्धाको खुल्लातर्फको १० कि.मी. दूरीको प्रतियोगिता गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, आएर समापन हुने गरी रुट तय गरिएको थियो ।

    यस्तै, कर्पोरेटतर्फको ५ कि.मी. दूरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाटमा आई समापन हुने गरी रुट तय गरिएको थियो ।

    कूल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

    बैंक सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।

    बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस्ता कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रत्येक वार्षिकोत्सवमा यस्ता कार्यक्रम गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बैंकले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक राशीको प्रतियोगिता भएको बताए ।

    साथै, बैंकले नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रतिगोल १ लाख रुपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरेको थियो । नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख रुपैयाँ नगद पुरस्कार अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ ।

    बैंकले १८औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम समेत सम्पन्न गरेको छ । बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्