News Portal

  • कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८१
    ११ पटक
    ६ मंसिर, २०८१

    काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।

    बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

    बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिन भित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्