News Portal

  • लक्ष्मी सनराइज बैंकले गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०८१
    ११ पटक
    २ मंसिर, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।

    प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्वपि, बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो ।

    एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतियोगिताको हाइलाईट

    विजेता : आत्माराम सिम्खडा (४३ अंक)
    उपविजेता : आशिष लाल श्रेष्ठ (४२ अंक)
    उत्कृष्ट ग्रस : टाशी छिरिङ (३८ अंक)
    वरिष्ठ श्रेणी विजेता : तुलसी भट्ट (४० अंक)
    महिला विजेता : तारा कार्की चित्रकार (३५ अंक)
    महिला उपविजेता : सुमित्रा खड्का (३० अंक)
    सबैभन्दा लामो ड्राइभ : नोर्बु छिरिङ शेर्पा
    पिनको नजिक : अनिल कुमार सिन्हा

    विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्