News Portal

  • सांग्रिला बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७७
    ५३१ पटक
    २८ साउन, २०७७

    काठमाडौं । वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेज दुबैले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    क्वेष्ट इन्टरनेशनल कलेजका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बीबीए, बीएचएम र एमबीएका कक्षा सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजले व्यवस्थापनका बीबीए, बीएचएम र एमबीएका कक्षा सञ्चालन गर्दै आएको छ र सात सयभन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकताअनुसार सांग्रिला बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको छ ।
    उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात बैंकका कर्मचारीहरुले क्वेष्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, वित्तीय क्षेत्र, उद्योग तथा व्यवसायबीच देखिएको ठूलो खाडल क्रमशः पुरिँदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ ।
    बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्