News Portal

  • शिखर इन्स्योरेन्सको ‘शिखर अटो प्लस बीमा योजना’ सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    २२२० पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘शिखर अटो प्लस बीमा योजना’ आज सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्सले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन् ।
    कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनी डेपुटी सिइयो दामोदर भण्डारीको उपस्थितिमा नयाँ अटो प्लस बीमा योजना सार्वजनिक गरिएको हो ।
    शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका सिइओ दीपप्रकाश पाण्डेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्