News Portal

  • मर्जरका लागि जोडी खोज्दै प्राइम बैंक, सञ्चालकको भत्ता बढाउने

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०८१
    २८ पटक
    २८ कार्तिक, २०८१

    काठमाडौं । प्राइम कमर्सियल बैंकले सञ्चालकहरूको भत्ता तथा सुविधा वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले मंसिर १९ गते आर्मि अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

    सभाले सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ ।

    यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण गर्न रन्जिव एण्ड एसोसियट्स, चाटर्ड एकाउन्टेण्टसलाई पूनः नियुक्त गर्ने र पारिश्रमीक तोक्नेछ ।

    लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्