News Portal

  • प्रभु लाइफको आइपीओ निष्काशनको पहिलो दिनमै मागभन्दा बढी आवेदन

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    १६७७ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमा साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बेलुका ५ बजेसम्ममा २ लाख ७६ हजार १८ जना आवेदकले ८६ करोड ३२ लाख रुपैयाँ बराबरको ८६ लाख ३२ हजार ४५० कित्ताको लागि आवेदन दिएको छ ।
    यो सर्वसाधारणको माग गरिएको भन्दा १ दशमलव ५९ गुणा बढी आवेदन हो । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।
    कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । ६० लाख कित्तामध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याइएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
    बाँकि रहेको ५४ लाख कित्तामा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
    आईपिओमा छिटोमा पुस २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
    लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्