News Portal

  • मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८१
    २४ पटक
    २७ कार्तिक, २०८१

    काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।

    श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।

    यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ म पनि सम्मानित भएको थियो ।

    दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।

    दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधामा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

    उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो ।

    साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ ।

    यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्