News Portal

  • सेयरधनी श्रेष्ठले बिक्रीमा राखे माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०८१
    १६ पटक
    २५ कार्तिक, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    बैंकका संस्थापक सेयरधनी आजाद श्रेष्ठको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् ।

    यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटलमा लिन चाहेको सेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्