News Portal

  • प्राइम बैंकको डीजीएम बने सुमितबाबु खत्री

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८१
    ३७ पटक
    २१ कार्तिक, २०८१

    काठमाडौं । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।

    साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । २ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए ।

    कर्जा तथा मार्केटिङ क्षेत्रमा लामो अनुभव रहेका खत्रीले फाइनान्समा एमबीए गरेका छन् । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।

    प्रतिकृया दिनुहोस्