News Portal

  • ग्लोबल आइएमई बैंकबाट यति एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाइने

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८१
    २७ पटक
    २१ कार्तिक, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकका लागि यति एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाइने भएकाे छ ।

    उक्त क्यासब्याक अफरअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ का प्रयोगकर्ताहरूले यति एयरलाइन्सको हवाई टिकटको खरिदमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

    क्यासब्याकका लागि बैंकका ग्राहक तथा ग्राहक परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यति एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्याईयति’ प्रोमो कोड प्रयोग गर्नु पर्नेछ ।

    बैंकका अनुसार ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएकाे छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।

    ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्