News Portal

  • प्रेमले आफ्नो जन्मदिनमा खरिद गरे २० लाखको बीमा पोलिसी

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०८१
    २५ पटक
    १३ कार्तिक, २०८१

    काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

    यसै क्रममा अर्जुनधारा ३ झापा निवासी प्रेम ढकालले आफ्नो जन्मदिनमा बीमा पोलिसी खरिद गरेका छन् । उनले सिटिजन लाइफमा आफ्नो जन्मदिनकै दिन २० लाखको जीवन सारथी बीमा खरिद गरेका हुन् ।

    जन्मदिन भड्किलो र खर्चिलो रुपमा नमनाई भोलिको भविष्यलाई मध्यनजर गर्दै उनले बीमा पोलिसी खरिद गरेका हुन् । आफ्नो सुरक्षा अनि निरन्तर बचतले भविष्य सुनिश्चित हुने र प्रत्येक वर्षमा एक पटक पैसा जम्मा गरेपछि एकातिर बचत हुने र अर्को तिर जीवनको सुरक्षा हुने भएकाले पनि उनले बीमा पोलिसी खरिद गरेका हुन् ।

    प्रेमका आफ्नो दाजु नगेन्द्र ढकालको प्रस्तावमा उनले उक्त बीमा स्विकार गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्