काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेयाट्फर्ममार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमामा रियलटाइम वा ननरियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
बैंकले आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र यस कर्पोरेट पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।
नेपाल बङ्गलादेश बैंक र एनसीएचएलबीच सम्झौता
आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७७
२८ मंसिर, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता