News Portal

  • सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७७
    ४२५ पटक
    २८ साउन, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना विरुद्ध लड्नका लागि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सरकारले स्थापनका गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।
    उक्त रकम अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने बताए ।
    यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना रोकथाम कोषमा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्