News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७७
    २११५ पटक
    २८ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बेलबारीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसको लागि राष्ट्रिय बाणिज्य बैंक र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् ।
    सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत)अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ ।
    समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउँदै कर्जा तिर्नुनपर्ने भन्ने मानसीकता कसैले राख्न नहुने बताए ।
    नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्