News Portal

  • चाँडै नै कोरोनाविरुद्धको गुणस्तरीय खोप उपलब्ध गराउँछौंः अर्थमन्त्री पौडेल

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७७
    १८५७ पटक
    २७ मंसिर, २०७७

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्् ।
    अर्थमन्त्री पाडेलले, ‘हामी बिना बिलम्ब गुणस्तरीय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा विश्वबजारमा आउनासाथ आयात गर्छौं र सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरीय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गर्छौं ।’
    अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन्, त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौं र पहिलाकै अवस्थामा फर्कन सक्छौं भन्ने चुनौतीपूर्ण प्रश्न खडा भएको बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने र पुरानै अवस्थामा मुलुकलाई सहज बाटोमा डोर्याउने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।
    त्यस्तै, अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ, त्यो प्रहारलाई सहज गर्ने मात्र होइन सामना गर्न पनि सरकार लागि परेको बताए । यसका समाधानका लागि सरकार हात दिन मात्र होइन साथ दिन पनि तयार रहेको अर्थमन्त्री पौडेलको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्