News Portal

  • पत्रकार उद्यमशील पनि बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७७
    २१४३ पटक
    २७ मंसिर, २०७७

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब पत्रकार उद्यमशील बन्नु पर्ने भएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो कुरा बताएका हुन् । आर्थिक क्रान्तिका निम्ति हरेक सञ्चारकर्मी, व्यक्ति व्यावसायिक हुनुपर्ने र त्यसले मात्र समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
    मन्त्री गुरुङले भने, ‘आर्थिक क्रान्तिका निम्ति हामी हरेक व्यक्ति व्यावसायिक बन्नुपर्छ । पत्रकारहरु पनि उत्पादनसँग जोडिनुपर्छ । पत्रकारहरु उत्पादन, उद्यमशीलतामा नजोडिने हो भने पत्रकारले उठाइरहने आर्थिक मुद्दा गन्तव्यमा पुग्न नसक्ने हुन्छ त्यसले सिर्जना गर्उे अवस्थाको बारेमा के हुन्छ भनि प्रश्न गर्दै सही सूचनालाई जनता सामु पुर्याउन पनि पत्रकारजगत उद्यमशील बन्न र उत्पादनमा जोडिनु पर्ने आवश्यक रहेको औंल्याए । मन्त्री गुरुङले थपे, ‘पत्रकारितालाई पनि उद्यमशीलतामा रुपान्तरण गर्नुपर्छ, यसको लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न चाहेको कुरा बताएका छन् ।’ मन्त्री गुरुङले, ‘हामी श्रमजीवि पत्रकारले चाहीँ श्रम गरिरहने अनि लगानीकर्ताहरु मोटाइरहने अवस्थाको अन्त्य हुनुपर्ने र दुरी घटाउनुपर्ने बताए ।’
    साथै आफ्नो पेशा र व्यवसायको गरिमालाई उच्च बनाइ राख्न सधैं सकारात्मक सोच राखी त्यसैअनुरुप भूमिका निर्वाह गर्न सञ्चारमन्त्री गुरुङले आग्रहसमेत गरे । मन्त्री गुरुङ भने, ‘आफ्नो पेशा व्यवसायको गरिमा उच्च बनाउन हाम्रै गतिविधि, कार्यशैली र आफ्नै गतिविधि र दृष्टिकोषमा निर्भर रहने हुनाले पत्रकारहरुले पनि आफ्नो गरिमालाई उच्च राख्न सधैं सकारात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको त्यसको लागि आफ्नो अपेक्षा भएको पनि उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्