आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८१
७ कार्तिक, २०८१काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाmा गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सो नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम हो । गत आवको सोही अवधिमा बैंकले कुल १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी –ईपीएस) पनि घटेको छ । हाल बैंकको ईपीएस १७.१६ रुपैयाँ छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.३३ रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि बढेको छ । बैंकको वितरणयोग्य नाफा पनि नकारात्मक छ ।