News Portal

  • सिद्धार्थ बैंकद्वारा वृद्धा आश्रमलाई सहयोग

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १७५६ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग गरेको छ ।
    २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि भन्दै बैंकले शुक्रबार रकम सहयोग गरेको हो ।
    भवनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात सो भवन समितिले असहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ ।
    समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्