News Portal

  • ग्लोबल आइएमइ बैंकको कपनमा नयाँ शाखा स्थापना

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७७
    ३८७ पटक
    २८ साउन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको कपनसँगै देशभर शाखा संख्या २५९ पुगेको छ ।
    बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा शाखा विस्तार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
    बैंकका २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय छन् । हाल यस ग्लोबल बैंकका २० लाख ग्राहक छन् ।

    प्रतिकृया दिनुहोस्