News Portal

  • प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो, ४ महिनादेखि माछापुच्छ्रेको स्थिर

    आर्थीकसंसार संवाददाता३० असोज, २०८१
    १२ पटक
    ३० असोज, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकले चार ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो ।

    बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साथै बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । जुन ब्याज ४ महिनादेखि स्थिर रहेको छ । बैंकका अनुसार साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ ।

    यस्तै प्राइम बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत, रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ४.४० प्रतिशत, रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले साधारण बचतमा भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

    प्रतिकृया दिनुहोस्