काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दशैँ बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।