News Portal

  • कामना सेवा विकास बैंकले बन्द गर्याे ६ वटा बीएलबी सेवा

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८१
    २७७ पटक
    २७ असोज, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गरेको छ । बैंकले असोज २३ गतेदेखि विभिन्न ठाउँमा रहेका ६ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ ।

    बैंककाअनुसार लुम्बिनी प्रदेशको देवदह नगरपालिका ८ रुपन्देही स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, गण्डकी प्रदेशको मध्यनेपाल नगरपालिका ७, रामबजार लमजुङ स्थित ईशानेश्वर इलोक्ट्रोनिक्स, कावासोती नगरपालिका १०, मगरकोट नवलपरासी स्थित विपिन अर्यालसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको हो ।

    यस्तै बागमती प्रदेशको राप्ती नगरपालिका ८, चितवन स्थित सुप्रिया थोक तथा खुदा किराना पसल, कोशी प्रदेशको रोङ गाउँपालिका ६, सलकपुर इलाम स्थित अधिकारी एग्रो बनानाज फुड जोन र मिक्लाजुङ गाउँपालिका ३, धोबेनी बजार मोरङ्ग स्थित सिमन इन्टरप्राइजेजसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

    शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भई शाखारहित बैंकिङ प्रतिनिधि (बीएलबी एजेन्ट) को रुपमा काम गर्दै आएकोमा असोज २३ गतेदेखि सम्झौता रद्द गरी व्यवसायिक प्रतिनिधि खारेज गरिएको बैंकले जनाएको छ । उपरोक्त प्रतिनिधि (बिएलबि एजेन्ट) हरू मार्फत कुनै पनि कारोवार नगर्नु बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्