News Portal

  • पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १४३४ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हिजो अपरान्हदेखि आज अपरान्हसम्ममा गरिएका पीसीआर परीक्षणको क्रममा एक हजार बढीमा कोरोना पुष्टि भएको जनाएको छ । शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएका मध्ये ४ सय ११ जना महिला र ६ सय ३३ जना पुरुष रहेका छन् ।
    मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित पुष्टि भएको कूल संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षणको भएकोमा सो सख्यामा पोजेटिभ पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्